यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् राजमार्गको अवस्था

काठमाडौँ- हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।
वर्षाले पहिरो जाँदा विभिन्न राजमार्ग अवरूद्ध भएको छ ।
संखुवासभाको मकालु गाउँपालिका-३ मा बाढीले उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको अझै खुलेको छैन । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मा पहिरोले चतरा-बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रूपमा अवरोध छ ।
महोत्तरीको वर्दिवास नगरपालिका-१ माइस्थानमा पूर्व-पश्चिम लोकमार्ग बाढीले एकतर्फी सुचारू भएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका-४ झामार्सीमा रहेको चरिकोट सडक खण्ड पनि पूर्ण रूपमा अवरोध भएको छ । उक्त सडकमा सुचारू हुन एक महिना लाग्ने बताइएको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया