सानोभर्याङ, जडिबुटी, बल्खु तरकारी बजार, माइतीघर मण्डला र रत्नपार्क क्षेत्र डुबान

काठमाडौं- गएराति रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरू फेरि डुबानमा परेका छन् ।
काठमाडौँ महानगरपालिका महानगर प्रहरी बल/विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला र रत्नपार्क आसपासमा डुबानमा परेको जानकारी दिए।
उनका अनुसार ज्ञानोदय स्कुल बाफल डुबानमा परेको छ । अहिले पानी कम हुँदै गइरहेको छ ।
उनले उक्त क्षेत्रका घरमा पानी परेकाले भौतिक क्षति भए पनि मानवीय क्षति नभएको उनले जानकारी दिए । खोलाले आफ्नो सतह पार गरेको भए पनि कुनै पनि क्षति नगरेको उनको भनाइ छ ।
'केही घरमा पानी पसेको छ । पानी रोकिएपछि त्यो पनि घट्दै गएको छ,' उनले भने । बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ।

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

प्रतिक्रिया