नेपाल–चीन व्यापारिक सम्बन्ध सुचारु गर्न उत्तरी सीमाका ५० हजार नागरिकलाई भेरोसेल खोप दिइने

काठमाडौँ : चीनसँगको उत्तरी सीमाका ५० हजार नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाउने भएको छ । चीनसँग व्यापारिक सम्बन्ध तथा नागरिक स्तरमा सम्बन्ध हुने भएकाले उत्तरी भेगमा ५० हजारको संख्यामा भेरोसेल खोप लगाउनका लागि चीनबाट अनुदानित १० लाख मध्ये एक लाख मात्रा खोप छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निकट भविष्यमा उत्तरी भेगमा खोप वितरण शुरु हुनेछ । चीन सरकारले चिनियाँ खोप लगाउनलेलाई मात्र भीसा (प्रवेशज्ञा) दिने नीति रहेको सार्वजनिक गरिसकेको छ । चीनले नेपाललाई यसअघि ८ लाख मात्र खोप अनुदानमा दिएको थियो । हालै अनुदानमा प्राप्त अतिरिक्त १० लाख खोपबाट अहिले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप वितरण गरिदैं आएको छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

प्रतिक्रिया