बंगलादेश : विपक्षी नेतृ खालिदा रिहा हुँदै, युनुसको नेतृत्वमा सरकार गठनको तयारी

काठमाडौँ- बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।
७८ वर्षीय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।
यसैबीच नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ ।
आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ ।

बंगलादेश तख्तापलटको एक वर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

इमरान खान पक्राउ परेको दुई वर्ष पूरा, रावलपिण्डिमा प्रदर्शनमा रोक

इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ

गाजामा इजरायली आक्रमणमा २६ जनाको मृत्यु
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

प्रतिक्रिया