प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सांसद महतको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्न सुझाव दिए ।
महतले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेयो ।
उनले बढी भन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिबद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताए ।
महतले जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया