वर्तमान सरकारले सस्तो लोकप्रियताका लागि काम गर्न खोज्यो : शक्ति बस्नेत

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमन उन्मुख देखिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरण र संविधान संशोधनका विषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमन उन्मुख देखिएको आरोप लगाएका हुन् । वर्तमान सरकारले सस्तो लोकप्रियताका लागि काम गर्न खोजेको उनको भनाइ छ ।
उनले यसअघि लेखा समितिले गरेको निर्णय र अदालतको आदेश विपरीत हाल लेखा समितिमा भइरहेका बहस असान्दर्भिक रहेको जिकिर गरे । सार्वजनिक संस्थानहरूमाथि भएको सरकारको हस्तक्षेपले संस्थान थप धराशायी हुने उनले बताए । विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तप्रति आपत्ति जनाउँदै बस्नेतले आफ्नो फरक मत राख्दा कारबाही गर्नुले लोकतन्त्रमाथिको उपहास भएको धारणा राखे ।
त्यस्तै बस्नेतले स्थायित्व र विकासका नाममा संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संघीयतामाथि कैंची लगाउने कोशीमा कांग्रेस-एमाले रहेको आशंका गरे । उनले संशोधनका नाममा हुने प्रतिगमन कुनै अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मालाई मास्ने गरि संशोधनका नाममा देशलाई घात गर्न नपाइने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया