प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि सेना प्रमुखले मिडियालाई भने - देशमा अन्तरिम सरकार बन्छ

काठमाडौं - बंगलादेशका सेना प्रमुख जनरल वकारले देशमा अन्तरिम सरकार गठन हुने बताएका छन् । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले पद त्यागेर भारत लागेपछि सेना प्रमुखले यस्तो बताएका हुन् । सेना प्रमुखले राष्ट्रका नाममा आज सम्बोधन गर्ने तयारी थियो तर अहिलेसम्म सम्बोधन भने भएको छैन ।
बंगलादेशी विद्यार्थीहरूले शेख हसिनाविरुद्ध गत महिनादेखि प्रदर्शन गरिरहेका थिए। यो आन्दोलन निकै हिंसात्मक बनेको थियो, जसमा अहिलेसम्म करिब ३०० जनाको मृत्यु भइसकेको छ । हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री थिइन् ।
बंगलादेशमा बंगलादेशमा हजारौं विद्यार्थी शेख हसिना सरकारविरुद्ध सडकमा उत्रिएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
बंगलादेशमा केही प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेको देखिएको छ भने हजारौं विद्यार्थीले प्रधानमन्त्रीको निवासमा ढुंगा हानेका छन् ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया