बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सुदूरपश्चिममा थापा र खड्‌कालाई मन्त्री बनाउने देउवाको दाउ, कोइरालाले अघि सारे विष्ट

मुख्यमन्त्री कमलबहादुर शाह

काठमाडौँ- नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका लागि मन्त्रीहरूबारे छलफल गरेको छ । कांग्रेस शीर्ष नेताहरूले आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा छलफल गरेका हुन् ।

देउवाले सुदूरपश्चिममा बहादुर सिंह थापा र मेघराज खड्कालाई मन्त्री बनाउने तयारी गरेका छन् । तर, नेता डा. शेखर कोइरालाले दिवानस्रिह विष्टलाई मन्त्री बनाउनुपर्ने अडान राखेका छन् ।

यस्तै छलफलमा ललिता सोनार र गीता चौधरीलाई राज्यमन्त्री बनाउने तयारी गरेका छन् ।

सुदूरपश्चिममा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदै छन् । मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त भइसकेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्री र दुई राज्यमन्त्री भाग पाएको छ ।