उबरमा एक लाख बीवाईडी कार सामेल हुने

काठमाडौँ- चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो ।
उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिन समेत यी दुई कम्पनीबिच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रबिधीको विकास गर्ने समेत सहमती भएको छ । उवर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रबिधीका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
चिनियाँ ब्राण्डका ईभीको बढ्दो दबदबा रोक्न यूरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुत उवरसंग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रुपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी समेत गरेका छन् ।
बीवाईडीसंगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उवरले जनाएको छ । मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीविच सहमती भएको छ ।

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतिक्रिया