नक्कली प्रशिक्षार्थी समातिए

काठमाडौँ- सर्लाहीमा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । सर्लाही बहुमुखी क्याम्पस मंलगवामा सिटिभिटीबाट सञ्चालित सामान्य चिकित्साको प्रवेश परीक्षामा शिवनारायण ठाकुरको नाममा परीक्षा दिने दुर्गा शर्मा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.ना.उ दिपक श्रेष्ठका अनुसार चेकजाँच गर्ने क्रममा ०३०६६५० सिम्बल नम्बर रहेका ठाकुरको नाममा परीक्षा दिने शर्मा पक्राउ परेका हुन् ।
सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोलका शर्मालाई शिक्षा ऐन २०२८ सम्बन्धि कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्र.ना.उ श्रेष्ठले जानकारी दिए ।

सडक आश्रित मानवमुक्त अभियानमा प्रतिबद्धता

रसुवामा तीन जनाको मृत्यु

इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कटहरियाको ११ औं नगरसभाबाट साढे ५४ करोड रुपैयाँको बजेट पारित

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

सामाजिक सञ्जालमा जथाभावी बाेल्ने ड्राइभर रेशम पक्राउ

प्रतिक्रिया