शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । बुधबारबाट सुरु भएको सुनुवाइ आज पुन: सुरु भएो हो । सुरुमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ बहस गर्दैछन् ।

बुधबार पाँच जनाले बहस गरेका थिए । बुधबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ता  खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थिए। सर्वोच्चले निवेदकहरुलाई बहसका लागि १५ घन्टाको समय तोकेको छ।