बेलायतमा हिंसात्मक प्रदर्शनका क्रममा ९० जनाभन्दा बढी पक्राउ

काठमाडौं - बेलायतमा हिंसात्मक प्रदर्शनका क्रममा ९० जनाभन्दा बढी पक्राउ परेका छन् । अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रुप लिएपछि बेलायतमा शनिबार ९० जनाभन्दा बढी पक्राउ परेका हुन् ।
हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा पसलहरू लुटिएका थिए भने प्रहरी अधिकारीहरूमाथि आक्रमण गरिएको थियो । तर सबै प्रदर्शन हिंसात्मक थिएनन्।
प्रधानमन्त्री केयर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने वाचा गरेका छन्। साउथपोर्ट, मर्सीसाइडमा सोमबार टेलर स्विफ्ट थिम पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव बढेको हो।
लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल र फ्लेयर प्रहार गरिएको थियो । कुर्सी प्रहारबाट एक प्रहरीको टाउकोमा चोट लागेको थियो भने अर्कोलाई लात हानेर बाइकबाट खसालिएको थियो।
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

प्रतिक्रिया