उपेन्द्र यादवको आरोप : समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाए

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाएको आरोप लगाए । उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशिता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे ।
यादवले संघीयता, समावेशीका कारण नभई दलहरूकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राखे ।
उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुनेमा जोड दिए । उनले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया