अखिल नेपाल महिला संघले आफ्नै डिजिटल मिडिया सञ्चालन गर्ने

काठमाडौँ- अखिल नेपाल महिला संघले आफ्नै डिजिटल मिडिया सञ्चालन गर्ने भएको छ । अनेमसंघ केन्द्रीय प्रचार तथा प्रकाशन विभागले त्यसको तयारी गरेको छ । अनेमसंघका ऐतिहासिक अभिलेख, दैनिक राजनीतिक गतिविधि, अनेमसंघका योजना लगायतका सामग्री समेटेर डिजिटल मिडिया सञ्चालन गर्ने भएको हो ।
त्यसका लागि वेबसाइटको डोमिन, ले आउट लगायतको काम भइरहेको छ भने युट्युब सञ्चालनका लागि समेत तयारी थालिएको छ । राजनीतिक महिलाका संगठनहरूमा अनेमसंघ सकृय संगठन हो । संगठनका दैनिक गतिविधि सञ्चालन हुन्छन् । यो संगठनमा केन्द्र देखि, प्रदेश, जिल्ला, इलाका, नगर हुँदै वडा सम्म सकृय संगठन छन् ।
शनिबार बसेको १४ विभाग, ४ कमिटीका प्रमुख, उप प्रमुख तथा केन्द्रीय पदाधिकारीहरूको बैठकमा यसबारे जानकारी गराइएको हो । प्रचार तथा प्रकाशन विभागले आफ्नो कार्ययोजनामा डिजिटल मिडिया सञ्चालनलाई प्राथमिकतामा राखेको विभागका उप प्रमुख श्रृजना आचार्यले जानकारी दिइन् ।
बैठकमा अनेमसंघका इन्चार्ज सीता पौडेलले पछिल्लो पुस्तालाई संगठनमा आकर्षण गर्न अनेमसंघ प्रविधि मैत्री हुनुपर्ने बताइन् ।

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

प्रतिक्रिया