ठमेल गा: हिटी युवा क्लको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ- ठमेल गा: हिटी युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौँ महानगरपालिका २६ स्थित ठमेलको गा: हिटी क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा ५० रक्तदाताले रगत दान गरेको क्लबका अध्यक्ष जफर हुसेनले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि सुरु भएर मध्यान्ह करिब साढे १२ बजेसम्म चलेको थियो । निलय डायग्नोष्टिक एण्ड क्लिनकसँग सहकार्य गरेर रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।
पछिल्लो समयमा देशभर रगतको अभाव हुँदै गइरहेको र रगत नभएकै कारण कतिपय मानिसहरूले ज्यान गुमाउनु परेको जस्ता समस्यालाई मध्यनजर गर्दै क्लबले रक्तदान अभियान चलाएको अध्यक्ष हुसेनले बताए ।

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया