नेपालमा विदेशी च्यानल बन्द
काठमाडौं - नेपालमा ७० बढी विदेशी च्यानल बन्द भएका छन् । नेपालका टेलिभिजन सेवाप्रदायकहरुले भारतीय अपस्ट्रिम प्रोभाईडरहरुलाई बुझाउनुपर्ने पैसा नबुझाएपछि भारतीय च्यानलहरू बन्द भएको हो ।
सरकारले केवल टेलिभिजन सेवाप्रदायकलाई विदेशी अपस्ट्रिम प्रोभाईडरहरुलाई भुक्तानी गर्नुपर्ने डलर सटहीको सिफारिस नगरिदिएपछि उनीहरूले भारतीय कम्पनीलाई पैसा बुझाउन सकेका छैनन् ।
भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेका हुन् ।
यी चार नेटवर्कको प्याकेजमा नेपालमा करिब ७० वटा टीभी च्यानलहरू प्रसारण हुँदै आएका छन् । यी च्यानलहरूको लाइन बुधबार रातीदेखि नै काटिएको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया