पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

लिस्बन- पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ ।
महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो । फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलबारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।
दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेको भन्दै कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्यदूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
दूतावासले मौखिक रुपमा ठाडो आदेश दिएर कार्यालयको दैनिक कामकारबाही र सेवा बन्द गर्न भनेपछि दूतावासको निर्देशनबमोजिम नै सेवा बन्द गरिएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । दूतावासको ठाडो आदेश र अपमानजनक व्यवहारले दुखित तुल्याएको बताउँदै महावाणिज्यदूत हमालले नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेर दश वर्षसम्म गरेको सेवा र योगदानको दूतावासले अवमूल्यन गरेको गुनासो गरे ।
'राजदूत नियुक्त भएपछि मेरो कार्यभार स्वतः सकिन्छ । कार्यालयको कामकारबाही र सेवा स्वाभाविक रूपमा बन्द गर्नुपर्छ । त्यसमाथि मेरो कार्यअवधि पनि जुलाईमै सकिन्छ । कार्यालयको काम कारबाही र सेवा बन्द गर्ने पनि त विधि, प्रकृया होला नि यसरी तत्काल बन्द गर्नु भन्ने आदेशले यहाँका हजारौं नेपालीले दुःख पाउने भएका छन् । उनीहरूका कागजी कामहरू प्रभावित हुने भएका छन् । कागजी प्रकृयामा रहेका सेवाग्राहीलाई हामीले के जवाफ दिने,' हमालले चिन्ता व्यक्त गर्दै भने ।
यता पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले भने महावाणिज्यदूतावासले भने जस्तो कामकारबाही र सेवा बन्द गर्न निर्देशन नदिइएको बताए । उनको कार्यअवधि सकिएका कारण कार्यअवधि थपेर निरन्तरता दिनका लागि दूतावाससँग समन्वय र सहजीकरण गर्न भनिएको राजदूत भट्टराईले बताए । ‘कार्यअवधि सकिएका कारण कतिपय काममा कानूनी समस्या आइनपरोस् भन्नका लागि र उहाँले गर्नुभएको योगदानको सम्मानका लागि समन्वय र सहजीकरण गर्न भनिएको हो,’ राजदूत भट्टराईले भने ।
महावाणिज्यदूतावासको सेवा बन्द भएसँगै पोर्चुगलमा रहेका नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । सोमबार मात्रै सरकारले परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि राजदूत सिफारिस गरेको छ । यसअघि पोर्चुगलका लागि राजदूत नियुक्त भएका सनिल नेपाल भने पोर्चुगल आउन नपाइ फिर्ता बोलाइएका थिए । हालसम्म नेपाली दूतावास नभएको पोर्चुगलमा महावाणिज्यदूतावासले विगत १० वर्षदेखि राहदानीलगायतका कन्सुलरसम्बन्धी सेवा दिँदै आएको थियो ।
सरकारले सन् २०१४ मा हमाललाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो भने सन् २०२० मा उनलाई महावाणिज्यदूतमा पदोन्नतिसमेत गरेको थियो । न्युजकारखाा

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

प्रतिक्रिया