अन्तर्राष्ट्रिय श्रम संगठनलाई सम्मान
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), नेपाललाई सम्मान गरेको छ । महासंघको ५४औं साधारण सभाको अवसरमा आईएलओका राष्ट्रिय निर्देशक रिचर्ड होवर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उक्त सम्मान प्रदान गरिएको आईएलओले जनाएको छ ।
यो सम्मान आईएलओले उद्योग वाणिज्य महासंघमार्फत् नेपालमा निजी क्षेत्रको नेतृत्वमा सामाजिक आर्थिक विकासमा पु¥याएको सहयोगलाई कदर गर्दै उक्त सम्मान दिइएको हो । आईएलओले नेपालमा श्रम बजार सुधार, कार्यस्थलमा सहयोगी वातावरण, सामाजिक संवाद तथा औद्योगिक सम्बन्धम र उद्यमशीलता विकासमा लामो समयदेखि सहयोग गर्दै आएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक विकासलाई गति दिनुका साथै रोजगारी प्रवद्र्धनमा निजी क्षेत्रको भूमिकाको चर्चा गरेका थिए । उनले निजी क्षेत्र राष्ट्रिय विकासको सच्चा साझेदार भएकाले निजी क्षेत्रको विकास र विस्तारका लागि सरकार उदार भएको बताए ।
आईएलओ नेपाललाई सम्मान प्रदान गर्दै महासंघकी अध्यक्ष भवानी राणाले नेवालको आर्थिक–सामाजिक विकास, दीगो उद्यमशीलता र औद्योगिक सम्बन्ध विकासमा आईएलओको सहयोगको प्रशसंशा गरेकी थिइन् ।
आईएलओका राष्ट्रिय निर्देशक रिचर्ड होवर्डले उक्त सम्मानका लागि महासंघलाई धन्यवाद दिदैं आगामी दिनमा साझेदारी र सहयोग जारी रहने बताए ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया