सौर्य एयरका पाइलट शाक्य डिस्चार्ज हुँदै
तत्कालै काममा फर्किन सक्ने अवस्था छैन : चिकित्सक
काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
काठमाडौँ मेडिकल कलेजका निर्देशक प्राडा मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् । उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गरेर उपचार जारी रहने बताइन् । शाक्यको ढाडमा देखिएको समस्या अप्रेशन गर्नु नपर्ने देखिएको उनले बताइन् ।
उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा थापाले उल्लेख गरिन् ।
त्यस्तै क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण शाक्यको अवस्था सुधार हुँदै गएको भन्दै चिकित्सकलाई धन्यवाद दिए ।
त्यस्तै अस्पतालका प्रमुख सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिटै स्वास्थ्य लाभ गरेको बताए ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया