जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी कोशी अस्पतालबाट फरार

काठमाडौँ- कोशी अस्पतालमा भर्ना गरिएका एक जना कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानेन्द्र बस्नेतका अनुसार मोहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएको प्रवक्ता बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएका थिए ।
विराटनगर महानगरपालिका-८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । उनको खोजी कार्य व्यापक बढाइएको प्रवक्ता बस्नेतले बताए ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया