जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौँ- जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् ।
अर्घाखाँचीमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने २० वर्षीय संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया