शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

गुरु कामतको ६९ वर्षको उमेरमा निधन

काठमाडौँ - शास्त्रीय संगीतकार गुरु गुरुदेव कामतको बिहीबार निधन भएको छ ।  

गुरु कामतको ६९ वर्षको उमेरमा सिरहाको लक्ष्मीपुरपतारी २ पोखरभिण्डास्थित आफ्नै निवासमा बिहान निधन भएको हो ।  उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।

कागमतले पछिल्लो ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका छन् । उनले काठमाडौं डिल्लीबजारमा गुरुकुल संगीत पाठशाला संचालन गर्दै आएका थिए । 

उनका छोरा  मुलुक बाहिर रहेको र दिउँसो गाउँ आएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका तीन छोरा, एक छोरी र श्रीमती रहेका छन् ।