राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट नगरपालिका
नवलपरासी- बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ ।
हरेक दिन ठीक १०:०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
प्रदीपकुमार राई (ब्याकुल माइला)को रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामुहिक रूपमा श्वाराङ्कन गर्नुभएको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली..’कार्यालयमा विद्युतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउँछन् ।
राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउँछन् ।
लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर सेवा प्रवाह गर्दै आएको छ ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया