सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक - गृहमन्त्री लेखक

काठमाडौं - गृहमन्त्री रमेश लेखकले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक रहेको बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले मुलुक भरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले संरचना निर्माण गर्नुको विकल्प नरहेको बताएका हुन् । 

उनले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको पनि बताए । सीमित स्रोत साधन र सीमित आर्थिक व्यवस्थामा बढी काम गर्नुपरिरहेको भन्दै उनले कारागार र बाल सुधार गृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय रहको जानकारी दिए । 

लेखकले बाल सुधार गृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार  र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी देशमा शान्ति सुरक्षा, अमन चयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिमार्जन र नयाँ निर्माणमा आफू लागि परेको बताए । उनले प्रहरी सङ्गठन सुदृढ गर्न प्रहरी ऐन संशोधन गर्नुपर्ने भन्दै कर्मचारीको सरुवालाई सरुवाकै रुपमा बुझिदिन आग्रह गरे । 

बैठकमा रास्वपा सभापति रवि लामिछानेले मन्त्रालयमा बसेर काम गर्दा आफू अनुकूलको मिडिया ट्रायल हुने गरेको अनुभव सुनाए । नियम र प्रक्रियाका आधारका काम गर्दा पनि आफूले विभिन्न आरोप खेप्न परेको भन्दै उनले सजक हुन गृहमन्त्री लेखकलाई सुझाव दिए । 

बैठकमा गृहमन्त्रालयका अधिकारीहरूले मनसुन जन्य विपद्को प्रति कार्यलाई प्रभावकारी बनाइएको र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि गम्भीर भएर लागेको जनाएका थिए ।

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख घिमिरे

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग