संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन

काठमाडौं- राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज ‘सिंहदरबार वैद्यखाना विकास समिति’ को स्थलगत अनुगमन गरेको छ ।
समितिका सभापति मायाप्रसाद शर्मा एवं सदस्यहरू गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो ।
सो अवसरमा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गरे । मौजुदा जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उहाँले समितिमा थप दरबन्दी व्यवस्थाका लागिसमेत अनुरोध गरे ।
समितिका सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन संघीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया