टिकटकको मुख्यालयका ६० कर्मचारीलाई 'फुड पोइजन'

काठमाडौं - टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड पोइजन) का कारण बिरामी परेका छन् ।
मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा पेटसम्बन्धी समस्या देखिएको छ। जसमध्ये ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य र खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । बाइट डान्स कम्पनीले पनि कर्मचारी बिरामी परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बाइट डान्सको कार्यालयमा तेस्रो पक्षले खाना आपूर्ति गर्ने स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरूको उपचारका लागि १७ एम्बुलेन्स पठाइएको थियो ।
बाइटका प्रवक्ताले कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गर्दै प्रभावित कर्मचारीको सहयोग गर्न तत्काल कदम चालेको बताएका छन् । उनले यस विषयमा अनुसन्धान गरिरहेको र सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको बताएका छन् ।

धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसंघ

ईरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

युद्धपछिको अवस्थामा सहायता बजेट दोब्बर आवश्यक : संयुक्त राष्ट्रसंघ

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

प्रतिक्रिया