माओवादी केन्द्रले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाउँस्तरदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसंगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।
पार्टी पुनर्जागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रूप दिने बताए । उनले गठबन्धन मार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले जानकारी दिए ।
त्यस्तै पदाधिकारी बैठकले सबै कम्युनिष्टहरूसँग ध्रुवीकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरूको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया