वेभसिरिज हिरामण्डीकी अभिनेत्री सन्जिदा नेपाल आउँदै

काठमाडौँ- हिरामण्डीको बलिवुड अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुने भएकी छन् ।
ट्रुडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रु स्किन ब्राण्डको उत्पादनहरू उद्घाटन गर्न सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए ।
शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रु स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको उनले बताए । उनका अनुसार कलाकार शेख नयाँ स्किनकेयर प्रोडक्ट 'ट्रु स्किन'को लन्चमा सहभागी हुने छिन् । ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । जुन त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको उनले उल्लेख गरे ।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने उनको भनाइ छ ।
ट्रु डर्माले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो प्रोडक्ट लन्चलाई ठूलो महत्व दिएको मुरारकाले बताए । 'यो नयाँ उत्पादनले नेपाली उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै स्वस्थ र सुन्दर त्वचाको चाहनालाई पुरा गर्ने विश्वास छ,’ उनले भने ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया