अस्पताल अनियमितता अन्त्यका लागि कडा कदम चाल्छु - स्वास्थ्य मन्त्री किरण थापा
काठमाडौँ - भक्तपुरका बागमती प्रदेश सभा सदस्य तथा नव नियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा भएका अनियमितता र गलत क्रियाकलापलाई आफ्नो कार्यकालमा अन्त्य गर्ने दृढता व्यक्त गरेका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री थापाले केही अस्पतालमा कर्मचारी र बिचौलियाहरूले गरेको खेलो फड्कोको जानकारी प्राप्त भएको भन्दै, तिनीहरूलाई सचेत गराउनेदेखि कारबाही गर्नेसम्मका कदम चाल्ने चेतावनी दिए।
मन्त्री थापाले आफ्नो पद कुनै अन्तिम लक्ष्य नभएको र आफूलाई लामो समयसम्म राजनीतिमा सक्रिय रहनु पर्ने स्पष्ट पारे। उनले भक्तपुरको गरिमा नझुक्ने र आफ्नो बुद्धि र क्षमताले राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री थापाले आफ्नो कार्यकालमा कुनै बदनामी नछोड्ने अठोट गरेका छन्।
भक्तपुर अस्पताललाई अझ व्यवस्थित बनाउने र सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने उनले संकल्प गरेका छन्। साथै, भक्तपुरमा रहेका १७ वटा सरकारी तथा निजी अस्पतालहरूको विकासमा आफ्नो कार्यकाल स्वर्णकाल हुने विश्वास व्यक्त गरेका छन्।
मन्त्री थापाले संघीय सरकार मातहत रहेको भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको स्थानान्तरण र भवन निर्माणमा समन्वय गर्ने वाचा गरेका छन्। १३ वटै जिल्लाका जनताको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उनको योजना छ।
प्रदेशका प्रादेशिक अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रलाई उत्तिकै महत्त्व प्रदान गर्ने र समस्या तथा सम्भावनाको खोजी गरेर छिटो सुधारका कार्यहरू सुरु गर्ने उनले बताए। सबै अस्पतालका मेसुहरूलाई बोलाएर समस्याको समाधान खोज्ने उनले योजना बनाएका छन्।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया