मनसुनी विपत्ति : नेपालले कति बेहोर्यो क्षति ?

काठमाडौँ : यस वर्षको मनसुन सुरु भएदेखि बाढी र पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा २४ जना बेपत्ता छन् ।
मनसुन सुरु भएपछि सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ भने २० अझैँ बेपत्ता छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको जेठ ३१ देखि असार ९ (बुधबार)सम्मको विवरणमा बाढी र पहिरोमा परी घाइते १३ जना अझैँ निको भएका छैनन् । त्यस्तै २४ जिल्लाका ३२९ घर पूर्णरुपमा र १०७ वटा निजी घरमा आंशिक क्षति पुगेको छ । २१ वटा सरकारी कार्यलय, ७ सडक, पक्की पुल, १० वटा माछा फार्म र इलाका प्रहरी कार्यलयको एउटा भवनमा पूर्णक्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।
मनसुन सुरु भएपछि आएको बाढी पहिरोका कारण हुम्ला, लमजुङ, मनाङ र कास्कीमा रहेका १० वटा आयोजनाहरूमासमेत क्षति पुगेको छ । गृह मन्त्रालयले सिन्धुपाल्चोकको बाढी र पहिरोमामा फसेका १२३ जनालाई उद्दार गरेको र राहत उपलब्ध गराएको जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण चार प्रदेशका दश राजमार्ग अवरुद्ध बनेका छन् । अवरुद्ध बनेका ती राजमार्ग खुलाउने काम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया