रेडक्रसको छवि सुधार्न ठोस कदम उठाउँछौं : स्वास्थ्यमन्त्री थापामगर

काठमाडौँ- बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले रेडक्रसको वर्तमान समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार केन्द्रको ५९औं स्थापना दिवसमा आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले रेडक्रसको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राख्दै सेवा विस्तार आवश्यक भएकोमा जोड दिए । मन्त्री थापामगरले पदाधिकारीबीचको विवादले संस्थाप्रति जनताबीच नकारात्मक धारणा बनाएकोमा चिन्ता व्यक्त गर्दै रेडक्रसको गुमेको छवि पुनःस्थापना गर्नका लागि नयाँ उपायहरू अवलम्बन गर्नुपर्ने बताए । उनले रेडक्रसको विकासका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले २०२३ सालदेखि देशव्यापी रक्तदान सेवा सञ्चालन गर्दै आएको र १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत मानव जीवनमा योगदान पुर्याइरहेको उल्लेख गरे । रक्तदानलाई अझ व्यापक बनाउन सबैलाई सहभागी हुन आग्रहसमेत गरे ।
नेपाल रेडक्रसले प्राकृतिक विपत्तिमा सबैभन्दा पहिला सहयोग पुर्याउने संस्थाका रूपमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । रेडक्रसको छवि सुधारको यो प्रयासले संस्थाको सामाजिक विश्वास र सेवा प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया