आइतबारदेखि आन्तरिक हवाइ उडान : पुरै सिटमा यात्रु राखिने

काठमाडौँ : आन्तरिक हवाइ उडान आगामी आइतबारदेखि सुचारु हुने भएको छ । मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएसँगै आइतबारदेखि आन्तरिक उडान सुरु गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नियमित आन्तरिक उडान कसरी गराउने भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणसँग आज छलफल गरिने मन्त्रालयका नागरिक उड्डयन तथा हवाइ महाशाखाका सह-सचिव बुद्धिसागर लामिछानेले इकागजलाई बताए । स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर पनि उडान प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
जहाजको पुरै सिटमा यात्रु राखी उडान गर्न दिने उनले बताए । हवाइ उडानमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न असम्भव हुने उनको भनाइ छ । पुरा सिटमा यात्रु राखेर उडान भर्न पाउने भएकाले भाडा वृद्धि गर्न नदिने उनले प्रष्ट पारे ।
लामिछानेले नेपालमा कोभिडको जोखिम नघटेकाले पनि जोखिम क्षेत्र हेरेर उडान गर्न सकिने बताए । 'जोखिम कम क्षेत्र भएका ठाउँबाट उडान सुरु हुन्छ,' उनी भन्छन्,'पोखरामा भने कोभिडको जोखिम भएकाले त्यहाँ तत्कालै उडान हुन सक्दैन ।'
मन्त्रालयले कुन-कुन क्षेत्र कोभिडको उच्च जोखिममा छन् त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयको सुझाव अनुसार त्यस क्षेत्रको उडान अनुमति दिने लामिछानेले बताए ।
निषेधाज्ञा उडान भरिरहेका वायुसेवा कम्पनीलाई ५० प्रतिशत मात्र उडान गर्न दिने लामिछानेले जानकारी दिए । एउटा कम्पनीले गन्तव्य क्षेत्रमा दिनमा एउटा मात्र उडान गर्न पाउने सहमति दिने उनले बताए । वायुसेवा कम्पनीका सञ्चालकसँग उडान गर्नुअघि छलफल गरिने उनले जानकारी दिए ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया