शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

संसद्को कृषि समितिको सभापतिको निर्वाचन मंगलबार हुने

काठमाडौँ- प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक  स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् ।

यसअघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खाली रहेको थियो ।