डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ - पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।
सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया