दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौँ - नेपाली बैकिङ् क्षेत्रको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिवद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।
स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार देशव्यापी रुपमा वाकाथन आयोजना गरेको बैंकले जनाएको छ । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएकोे बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
वाकाथनका अवसरमा बैंकका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत काठमाडौँ उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति रहेकाे थियो ।
शनिबार बिहान ७ः३५ बजे दरबारमार्गबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली, शहीद गेट, न्युरोड, वसन्तपुर हुँदै फेरि दरबार मार्ग स्थित केन्द्रीय कार्यालयमा पुगेर टुंगिएको थियो ।
बैंकका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आजै वाकाथन आयोजना गरिएको थियो ।
नबिल बैंक नेपालका अग्रणी बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया