बागमतीमा जम्बो मन्त्रिपरिषद्
बागमती - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री लामाले आज नेपाली कांग्रेसका मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुदमन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराए । यो सँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ ।
यसअघि यही साउन ९ गते मुख्यमन्त्री लामाले नेपाल कम्युनिष्ट (एमाले)का प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपक्षीमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री, कृष्ण सिलवाललाई वन तथा वातारणमन्त्री, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकासमन्त्री र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायातमन्त्रीको रूपमा नियुक्त गरेका छन् ।
यस्तै कांग्रेसका कुन्दनराज काफ्लेलाई सामाजिक विकासमन्त्री, श्याम खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र मधुकुमार श्रेष्ठलाई बिनाविभागीयमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथग्रहणलगत्तै नवनियुक्त मन्त्रीहरू आ–आफ्ना मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_SeLjgJWGwp_tvs7hwmmpmvkp9en94qu6w8s44duvwi589rwg9q7uwrcgcto38iltvyytq7u.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

प्रतिक्रिया