पहिरोले पोल बगायो, रुकुम पूर्वका जनता ४ दिनदेखि अँध्यारोमा

रुकुम- मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युतको पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभिए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।
'हाम्रो टोली रानीकोटमै छ, सडक नखुलेको र पानी परिरहेका कारण लगातार पहिरो खसिरहेको छ । त्यसैले विद्युत् सेवा सञ्चालन गर्न हामीलाई समस्या भएको छ, सडक खुलेसँगै विद्युत् सेवा पनि सञ्चालनमा आउँछ,' विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले भने ।
अहिले जिल्लाका तीनवटा पालिकामा रहेका प्राधिकरणको लाइन जोडेका ग्राहकहरू अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथाउत्तरगङ्गा गाउँपालिकामा विद्युत् प्राधिकरणबाट प्रवाह हुँदै आएको विद्युत् सेवा विस्तारलाई तीव्रता दिँदै आएको छ ।
पहिरोका कारण पोल ढलेर चार दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरूमा काम गर्न समस्या भएको छ । त्यस्तै, विद्युत् नभएका कारण जनजीवन प्रभावित भएको छ । मोबाइल चार्ज गर्नलगायत अन्य काम गर्न समस्या भएको छ । रासस

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया