अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ- अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका–४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।
सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले वनस्थली खरिबोटस्थित भुपेन्द्रको घरबाट भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरण, राउटर एक थान, आठ पोर्टको भिओआइपी गेटवे एक थान, इन्भर्टर एक थान, ब्याट्री एक थान, नेपाल टेलिकमको सीमकार्ड एक थान र एनसेलको सीमकार्ड नौ थान बरामद गरेको छ ।
उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया