लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म 'बचतको सम्मान र सही लगानी' प्रस्तुत गर्दै

काठमाडौँ- लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्साएको छ ।
खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ | उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरूमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।
सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।
साझा समृद्धिको उत्सव मनाउँदै
यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्धनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ र बचत गर्ने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथि भएको कुरा प्रतीत गराइएको छ ।
तसर्थ, यस फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्धितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्धतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

प्रतिक्रिया