बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौँ- कुमारी बैंक लिमिटेड तथा बुद्ध एयरबीच हवाई टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यो सम्झौतासंगै अब कुमारी बैंकका ग्राहक तथा उनीहरूका परिवारका सदस्यहरूले बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्राप्त गर्नेछन् ।

यो सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) का लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा QR द्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सक्ने छन् । यो छुट लिन ग्राहकले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानु पर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाई मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।