पहिरो पीडितलाई विद्यालयमा सारियो

त्रिवेणी (रुकुमपश्चिम)- सानीभेरी गाउँपालिका–७ र ८ का पहिरो पीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ ।
गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुई तले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । तीसँगै वडा नम्बर ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया