आइतबार टोकियोमा कन्सर्ट : गजुरेल, चौहान र राईले प्रस्तुति दिने

टोकियो- जापानको टोकियोमा आइतबार ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा जुलाई २८ तारिख आइतबार नाकानो जिरो हलमा बेलुका ५ देखि ९ बजेसम्म ‘कमेडी एण्ड म्यूजिकल कन्सर्ट–२०२४’ हुनेछ ।
उक्त कन्सर्टमा मनोज गजुरेल, एलिना चौहान, धिरज राई, विष्णु सापकोटा र डिजराज पौडेलको मुख्य प्रस्तुति रहनेछ । त्यस्तै जापानमै रहेका नेपाली कलाकार र जापानी ब्याण्डहरूको पनि प्रस्तुति रहने छ ।
संस्थाका अध्यक्ष अमित गौतमका अनुसार ‘विपन्न परिवारलाई शिक्षा र व्यवसायमा प्रोत्साहन’ कार्यक्रम सञ्चालनार्थ कन्सर्ट आयोजना गरिएको हो ।
कन्सर्टलाई नेपाली राजदूतावास टोकियो, एनआरएनए जापान तथा जापानमा अवस्थित विभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन् ।

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

प्रतिक्रिया