आज मौद्रिक नीति आउँदै

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहान नै बैठक बस्ने बताइएको छ ।
यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्वजनिक गर्नबाट रोकिएको थियो ।
यस अघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेक्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए । उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया