'विश्वासको मत नपाएरै ७६ (३) को प्रधानमन्त्री बनेको होइन ? अनि विश्वासको मत नपाएर ५ मा किन जान नपाउने ?

काठमाडौँ : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान किन मिल्दैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिध सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा रिट निवेककको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरेपछि प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरेका हुन् । उनले सोधेका छन्, 'विश्वासको मत नपाएरै ७६ (३) को प्रधानमन्त्री बनेको होइन ? अनि विश्वासको मत नपाएर ५ मा किन जान नपाउने ? प्रक्रिया सुरू हुनलाई ४ को प्रक्रिया नपुगी हुँदैन भन्ने हो ?'
प्रधानन्याधीशको प्रश्नमा अधिवक्ता बन्दीले प्रधानमन्त्री ओलीले मै प्रधानमन्त्री बन्नुपर्छ भन्ने दाबी गर्दा यो वितन्डा निम्तिएको बताए । 'विश्वास गर्न नसकेकै कारण अल्पमतको सरकार बनाउनुपरेको छ,' उनले भने, 'उसैले वैकल्पिक सरकारको दाबी गर्न मिल्छ ? कन्फिडेन्स लूज गरेको सरकार हो भनेर उहाँले अघि नै स्वीकार गरिसकेको अवस्था हो । विश्वास मत लिन नसकेपछि उहाँले राजिनामा दिएर अरु सदस्यलाई संसदीय दलको नेता बनाउनुपर्थ्यो । यो लोकतान्त्रिक अभ्यास हो । उहाँले मै प्रधानमन्त्री बन्नुपर्छ भन्ने दाबी गर्दा यो वितन्डा निम्तिएको हो ।'

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया