अस्पतालले भन्यो- सौर्यका क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चियो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ- सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिहीबार अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।
उनका अनुसार अनुहार नाक तथा आँखामा चोटहरू रहेको छ । अनुहारको चोटमा बुधबार उपचार भइसकेको छ । देब्रे पट्टीका तीन वटा करङ्गहरू भाँच्चिएका छन् ।
बुधबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो ।

बाल्यकालमै बिहेः जीवनभर पीडा

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

प्रतिक्रिया