डेंगुका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

किमाथाङ्का (सङ्खुवासभा)- यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।
साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, 'शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।'
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेंगु र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेंगुका २७ जना बिरामी भेटिएका छन् ।
गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।
भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए ।
विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् । रासस

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_IBOc7hBqcp_deuucmlni18xiioxha1zgeaw5vurbsdxg3eocwivmu7si0hfnwy8kqkmliik.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

प्रतिक्रिया