काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा - पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ ।
काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।
यसैगरी, सोही अवधिमा रु एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, रु ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, रु १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

कृषकलाई अनुदानमा मौरी घार वितरण

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रतिक्रिया