असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१-८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षको सम्पत्ति कर, मालपोत कर, बहाल कर र व्यवसाय कर असोज मसान्तभित्र चुक्ता गरेमा कूल रकममा २५ प्रतिशत छुट दिने भएको हो ।
यसैगरी नगरले महिलाको नाउँमा व्यवसाय दर्ता लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ ।
महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ छुट उपलब्ध गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
यस्तै महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीको स्वामित्वमा सञ्चालित घरेलु उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया