डलरको भाउ सामान्य बढ्यो, युरो घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी १ डलरको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम गरिएको छ । यसअघि बुधबार यसको खरिदकूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २१ पैसा कायम भएको थियो । अघिल्लो दिनको तुलनामा डलरको भाउ सामान्य बढेको छ ।
बिहीबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसाले घटेको हो । यसअघि बुधबनर युरोको खरिददर १४५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा पाइन्छ ।
उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा कायम गरेको छ ।
यसैगरी बिहीबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ११ र बिक्रीदर ४३९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

प्रतिक्रिया