सरकारले विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्विकार्ने

काठमाडौँ - सरकारले समृद्ध वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता टोली गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै बैठकले साउन २२ देखि २४ गतेसम्म भारतमा आयोजना हुने बिमस्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय गरेको छ भने फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकमा सहभागी जनाउन खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्तलाई कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ ।

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

प्रतिक्रिया